नेकपा (एमाले)एमाले_कास्की_अधिवेशन_चैत_१०_र_११_गते_

एमाले कास्की अधिवेशन चैत १० र ११ गते


एमाले कास्की अधिवेशन चैत १० र ११ गते 

 

नेकपा ९एमाले० जिल्ला कमिटी कास्कीको ११ औं अधिवेशनको मिति चैतमा तय गरिएको छ । जिल्ला कमिटी कास्कीले ११ औं पूर्ण बैठकले २०८० चैतको १० र ११ गते अधिवेशनको मिति तय गरेको जिल्ला कमिटी कास्कीका सचिव बैनबहादुर अधिकारी क्षत्रीले बताउनुभयो । 


जिल्ला कमिटी कास्कीको सचिवालयले गरेको अधिवेशनको निर्णयलाई बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । सचिवालयको निर्णयका अतिरिक्त एजेन्डासहित बसेको जिल्ला कमिटीको बैठकले सबै पालिका तथा इलाका कमिटीको अधिवेशन २०८० चैत्र मसान्तभित्र गर्न मातहतका कमिटीलाई निर्देशन गरेको प्रचार तथा प्रकाशन विभागका प्रमुख दर्शन लामाले जानकारी दिनुभयो । 


‘बैठकले कास्कीका ५ पालिकाका वडा अधिवेशनहरु २०८१ जेष्ठ मसान्तसम्म गर्ने मातहतको कमिटी परिपत्र गरेको छ,’लामाले भन्नुभयो , ‘अधिवेशनको सन्दर्भमा सबै पालिका तथा बुद्धिजीवी विशेष, मजदूर तथा विद्यार्थी इलाका कमिटिको बैठक २०८० माघ पहिलो हप्ताभित्र बसी आवश्यक तयारी गर्न अनुरोध गरिएको छ ।’ बैठकले २०८१ को पार्टी सदस्यता २०८० फागुन महिना भित्र नविकरण गर्न मातहतका कमिटीलाई निर्देशन गरेको छ । सोही क्रममा नयाँ सदस्यता वितरण कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ ।


पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्