नेकपा (एमाले)दशौं_अधिवेशनबाट_वैनबहादुर_क्षेत्री_निर्वाचित_

एघारौं अधिवेशनबाट वैनबहादुर क्षेत्री निर्वाचित


एघारौं अधिवेशनबाट वैनबहादुर क्षेत्री निर्वाचित  


पोखरा । 

एमालेले कास्कीको चैत १०देखि १४ गतेसम्म भएको एघारौं अधिवेशनबाट वैनबहादुर क्षेत्री अध्यक्ष निर्वाचित हुनुभएको छ ।समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको उहाँले ५५१ मत ल्याउनुभएको हो । उहाँको निकटतम् प्रतिस्पर्धी माधव बास्तोलाले ३४७ मत ल्याउनुभयो । यस्तै अध्यक्षमा अर्को उम्मेदवार विवेक त्रिपाठीले १७ मत प्राप्त ल्याउनुभयो । यस्तै उपाध्यक्षमा भेषराज बराल निर्वाचित हुनुभयो । उहाँले ५ सय २७ मत ल्याएर निकटम् प्रतिस्पर्धी शिवप्रसाद आचार्यलाई पराजित गर्नुभयो ।

आचार्यले ३ सय ८८ मतमात्र प्राप्त गर्नुभयो । सचिवमा दर्शन लामा विजयी हुनुभयो । लामा पदाधिकारीमा पपुलर मत ल्याएर विजयी हुनुभएको हो । लामाले ५ सय ९५ मत ल्याए ल्याउनुभयो भने निकट्म प्रतिस्पर्धी सुरेन्द्र गुरुङले ३ सय २० मत प्राप्त गर्नुभयो । उपसचिवमालालबहादुर परियार र सन्तु सुवेदी निर्वाचित हुनुभएको छ । परियारले ५ सय ८१ मत ल्याउँदा निकटम् प्रतिस्पर्धी गीतादेवी विश्वकर्माले ३ सय ३४ मत प्राप्त गर्नुभयो ।

उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदीले ५ सय १० मत प्राप्त गर्नुभयो । उहाँको निकटम् प्रतिस्पर्धी राधिका शाही योगीलाई पराजित गर्नुभएको हो । शाहीले ३ सय ४४ मत मात्र पाउनुभयो । यस्तै उपसचिवकी संगीता सुवेदीले ६१ मत प्राप्त प्राप्त गर्नुभयो । एमाले कास्कीको अधिवेशनले १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनुभएको छ । 



पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्