नेकपा (एमाले)नेकपा_(एमाले)_गण्डकी_प्रदेश_कमिटीको_अधिवेशन

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको अधिवेशन


नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको यहि मिति २०८० असोज १५ र १६ गते सम्पन्न हुन गहिरहेको प्रथम अधिवेशन अन्तरगतको असोज १५ गते अमरसिंह चौरमा आयोजना हुने उदघाटन सत्र आमसभालाई व्यवस्थापन गर्न जनपरिचालन कमिटीको बैठक नेकपा (एमाले) कास्की इन्चार्ज तथा स्थाई कमिटी सदस्य क. थममाया थापाको अध्यक्षता तथा नेकपा(एमाले) स्थाई कमिटी सदस्य क. खगराज अधिकारीको प्रमुख आतिथ्यतामा निम्न निर्णय सहित सम्पन्न भएको छ ।

बैठकका निर्णयहरु :- 

1. पालिका र ईलाका कमिटीहरुको असोज २ वा ३ गते बैठक सम्पन्न गर्ने । 

2. असोज ४ वा ५ गते वडा कमिटीहरुको बैठक सम्पन्न गर्ने ।

3. असोज ५ गते जिल्ला स्तरका जन संगठनहरुको बैठक सम्पन्न गर्ने। 

4. असोज ७ वा ८ गते टोल कमिटीहरुको बैठक सम्पन्न गर्ने ।

5. असोज १० देखि १४ गते सम्म सम्बन्धित कमिटीले आफ्नो कार्य क्षेत्र भित्र आम जनतालाई कार्यक्रममा सहभागि गराउन प्रचार प्रसार,  घर दैलो गर्ने ।

6. असोज ७ वा ८ गते प्रदेश स्तरको जन संगठनको बैठक सम्पन्न गर्ने । 

7. असोज ७ गते पालिका स्तरको जन संगठनहरुको बैठक सम्पन्न गर्ने।

८. १५ गते उदघाटन सत्रमा सहभागि हुदा प्रत्यक कमिटीले आफ्नो पहिचान झल्काउने, सृजनात्मक झाकी, व्यानर सहित उपस्थित हुने ।

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्