नेकपा (एमाले)वर्तमान_सत्ता_साझेदारीलाई_सफल_बनाउनु_हाम्रो_कर्तव्यः_महासचिव_पोखरेल_

वर्तमान सत्ता साझेदारीलाई सफल बनाउनु हाम्रो कर्तव्यः महासचिव पोखरेल



पाेखरा । 


नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न वर्तमान सत्ता सहकार्यलाई बाँकी पुरै समय लैजानुपर्ने बताउनुभएको छ । 

स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै  महासचिव  पोखरेलले अहिलेको नयाँ सहकार्य एमालेले गरेको प्रयत्नको परिणाम भएको बताउनुभयो । 


महासचिव पोखरेलले भन्नुभयो– हामी यो सहकार्यलाई चारै वर्षसम्म  पुर्याउनुपर्छ भन्ने मान्यता राख्दछौँ । 

पुरानो सत्ता गठबन्धनभित्र समस्या भएको थाहा पाएपछि एमालेले नयाँ समीकरण बनाउन प्रयत्न गरेको कारण नयाँ सत्ता समीकरण बनेको उहाँले प्रष्ट पार्नुभयो । ‘त्यस कारण यसलाई जोगाउने कर्तव्य पनि हाम्रो हो’, उहाँले भन्नुभयो ।

विगतको सरकार असफल भएकाले अहिलेको सरकारलाई सफल बनाउनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसैले चारदलीय सहमतिमा तीनवटै तहका सरकारलाई प्रभावकारी बनाउने कुरा स्पष्ट रूपमा लेखिएको महासचिव पोखरेलले बताउनुभयो ।

अहिले जनतामा निराशा फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्ति बढेको र परिवर्तनलाई उल्टाउन खोज्ने प्रवृत्ति हाबी भएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– देशको स्वाधीनता, सार्वभौमसत्ता राष्ट्रिय हितलाई नै असर पार्ने प्रकारका गतिविधिहरू हुन थालेका छन् । 

यस्ता प्रवृत्तिलाई रोकेर जनतामा आशा सञ्चार गर्ने काममा कर्मचारीको पनि त्यतिकै भूमिका हुने उहाँले प्रष्ट पार्नुभयो । 

अब नागरिक राज्यका विद्रोही नभएर राज्यका सहयोगी र राष्ट्रका निर्माता भएको हुँदा यो धारणा सबै नागरिकमा विकास गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 

महासचिव पोखरेलले पार्टीका सामु अहिले अवसरवाद र सांगठनिक अराजकताको चुनौती रहेको उल्लेख गर्दै विचार र कामको अभावमा अवसरवाद जन्मिने भएकाले नियमित रूपमा वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको प्रष्ट पार्नुभयो । 

नेकपा ९एमाले०का नेताकार्यकर्ताको आचरण जनताले मन पराउने खालको हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जनताले मन नपराउने र आशङ्का गर्ने आचरण भएका कार्यकर्ताबाट पार्टी बन्न नसक्ने बताउँदै महासचिव पोखरेलले जनसरोकारका विषयमा केन्द्रित हुँदा मात्र जनता आफ्नो वरिपरि गोलबन्द हुने कुरा नबिर्सन आग्रह गर्नुभयो । 

राष्ट्र निर्माणको लागि जो जहाँ छ त्यहीँबाट काम गर्दा पनि धेरै काम गर्न सकिने बताउँदै उहाँले समाज बदल्न अझै धेरै काम गर्न बाँकी रहेको हुँदा समाज परिवर्तनको काममा लाग्न सबैलाई आह्वान गर्नुभयो । 

पार्टी केन्द्रमा अहिले कुनै समस्या नरहेको भए पनि जति तल झर्दै गयो विभिन्न खालका गुटहरू बनेकामा चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले माथिदेखि तलसम्म पार्टीमा एकता कायम हुन आवश्यक रहेको औँल्याउनुभयो । 

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्