Bain Bahadur Adhikari

 Bain Bahadur Adhikari
: वैन बहादुर अधिकारी
: 2080-12-14
: 9856038783
: bainbdr@gmail.com
:


सरकारी जागिर त्यागेर राजनीतिमा छिरेका बैनबहादुर 


पाेखरा । 
एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष बन्न सफल हनुभयो बैनबहादुर क्षेत्री । १० वर्षकै उमेरमा अनेरास्वयुबाट राजनीति थालेका क्षेत्री निजामती कर्मचारी हुँदै राजनीतिमा प्रवेश गर्नुभएको थियो । तर, पछि उनी निजामती कर्मचारीबाट राजीनामा दिँदै एमालेको पूर्णकालीन राजनीतिमा होमिनुभयो । र, २०५४ सालमा भएको कालिका गाविसको उपाध्यक्ष निर्वाचित हुनुभयो । 

२५ वर्षकै उमेरमा तत्कालीन गाविसको दोस्रो नेतृत्वमा पुगेका क्षेत्रीले त्यसअघि ०५३ मा लोक सेवा आयोगले लिने परीक्षाको प्रशासनमा पाँचौं तहमा नाम निकाल्नुभएको उहाँले त्यहाँबाट राजीनामा दिएपछि पूर्णकालीन राजनीतिमा होमिनुभएको थियो । ०७४ साल भएको पहिलो आम निर्वाचनबाट क्षेत्री जिल्ला समन्वय समिति कास्कीको प्रमुख बन्न सफल हुनुभयो ।

जिल्ला समन्वय समितिको सदस्य हुँदै एमाले राजनीतिमा २०७८ मा भएको एमाले १० औैं जिल्ला अधिवेशनबाट सचिव हुनुभएको उहाँ ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष बन्न क्षेत्री सफल भए । लामो समय राजनीतिक योगदान र क्रियाशीलताकै कारण नै आफू यो ठाउँमा पुगेको क्षेत्री बताउनुहुन्छ । विजयी भएपछि उहाँले फेसबुक स्टाटसमा लेख्नुभएको छ, ‘यो नितान्त पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा हो । कुनै नारा जुलुस नगरौं ल, सामान्यतातर्फ ध्यान दिऊँ । सम्पूर्ण कमरेडहरुलाई हार्दिक धन्यवाद ।’ २०२९ सालमा कास्कीको साविक कालिका ३, पिपलडालीमा जन्मेहुर्केका उहाँ स्वर्गीय धनबहादुर अधिकारी र धनुमाया अधिकारीका छोरा हुनुहुन्छ ।  

०३९ सालको १० वर्षकै उमेरमा अनेरास्ववियुको सदस्यता लिएका क्षेत्री २०४३ सालमा जनज्योति माविमा तत्कालीन अनेरास्ववियु एकताको पाँचौंको प्रारम्भिक कमिटीका अध्यक्ष हुनुभएको थियो । ०४४ सालमा अनेरास्ववियु कास्की जिल्ला सदस्य, २०४७ सालमा नेकपा मालेको पार्टी सदस्यता, ०५२ सालमा नेकपा (एमाले) कालिका गाउँ कमिटी सचिवालय सदस्य हुनुभयो साथै २०५४ सालमा नेकपा (एमाले) कालिका गाउँ कमिटी सचिव बन्न सफल हुनुभयो । 
स्वयंसेवी युवा दस्ता पिपुल्स भोलिन्टियर्सको कास्की जिल्ला कमिटीको उपसचिव, नेकपा मालेको युवा डस्टर युथ लिगको सदस्य, जिल्ला समन्वय समिति महासंघ केन्द्रीय कार्य सम्पादन सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष भई उहाँले काम गरिसक्नुभएको छ । नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, जनज्योति माविको व्यवस्थापन समिति सदस्य, सुर्केमैदान युवा क्लबको संस्थापक अध्यक्ष, अमरसिंह मावि पोखरा १२ को विद्यालय व्यवस्थापन समिति अध्यक्ष भई उहाँले काम गरिसक्नुभएको छ । 

०६१ सालदेखि ९ औं जिल्ला अधिवेशनसम्म आइपुग्दा क्षेत्री कास्की जिल्ला कमिटी सदस्य हुँदै कार्यालय सचिव बन्नुभयो । ०७८ सालमा दशौं जिल्ला अधिवेशनबाट उनी कास्की जिल्ला सचिवमा निर्वाचित हुँदै जिल्ला अध्यक्ष बन्न सफल हुनभएको हो । उनले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । 

अध्यक्षमा निर्वाचित हुँदा क्षेत्रीले ५५१ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी माधव बास्तोलाले ३४७ मत ल्याउनुभयो । यस्तै प्यानलबाहेक अध्यक्षमा उम्मेदवारी दिएका विवेक त्रिपाठीले १७ मत प्राप्त गर्नुभएको थियो ।  

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्