Sarada Subedi

 Sarada Subedi
: शारदा सुवेदी
: 2046-05-09
: 9851136575
:
:


विनय अर्थात् शारदा सुवेदी  


एमाले कास्कीको प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित सचिव हुनुहुन्छ—शारदा सुवेदी 

एमाले कास्कीको पहिलो जिल्ला अधिवेशनबाट निर्वाचित सचिव हुनुहुन्छ—शारदा सुवेदी । कास्कीको हंसपुरमा २०१८ साल असोज १० गते जन्मिनुभएको सुवेदी ०३५ सालबाट कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुहुन्छ । तत्कालीन कास्कीको हंसपुर हाल मादी गाउँपालिका १२ लिपेनीको हिमालय माध्यमिक विद्यालयमा पढाउँदै गर्दा राजनीतिमा सक्रिय उहाँको बाबु शिवदत्त र आमा पुण्यवती हुनुहुन्छ । 

हिमालयमा माध्यमिक विद्यालयमा पढाउँदै गर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेमा ०३५ सालमा आवद्ध हुनुभयो । लगत्तै ०३९ साल मालेका सदस्यता लिएपछि भूमिगत हुनुभयो । ०३९ सालदेखि ०४६ सालसम्म भूमिगत हुँदै पार्टीको विभिन्न पदमा रहेर काम गर्नुभएको उहाँ बताउनुहुन्छ । भूमिगतको बेला कास्कीको हंसपुर, सराङकोटदेखि घान्द्रुक, ढिकुरपोखरी दाङसिङ, मोरिया, लुम्लेमा कमान्ड समालेर बसेको उहाँ सुनाउनुहुन्छ । ‘पार्टील जहाँ खटायो त्यहीँ पुग्नुपथ्र्यो । भूमिगत हुँदा आफ्नो परिचय पनि लुकाएर काम गर्नुपथ्यो,’ सुवेदी भन्नुहुन्छ, ‘आफ्नो ओरजिनल नाम लुकाउन परेपछि म शारदा सुवेदीबाट विनय बनेँ ।’ 

पोखरा नगर कमिटीमा ०४१ देखि ०४४ सम्म बसेर काम गर्नुभएको उहाँ एमाले कास्कीको पहिलो निर्वाचित सचिव हुनुहुन्छ । २०४७ साल भदौ ८ र ९ गते भएको पहिलो प्रथम जिल्ला अधिवेशनबाट सुवेदी सचिवमा निर्वाचित हुनुभयो । उहाँले छोटो समय कास्की कमिटीको नेतृत्व गर्नुभयो । तर, छोटो समयमा नै कमिटीको पुनर्गठन भयो । त्यसअघि र पछि उहाँले लमजुङ, तनहुँमा र सेता अन्चल पुगेर कमान्ड समालेको सुवेदी बताउनुहुन्छ । ०४३ साल र ०४६ सालमा गरेर दुई पटक जेल परेका सुवेदी पटक पटक पञ्चहरुका गुन्डाबाट पटक पटक कुटिएको बताउनुहुन्छ । 

लमजुङ तनहुँको कमान्ड समालेपछि उहाँ ०५१ सालदेखि ५४ सालसम्म सेती अञ्चलको सचिव हुनुभयो । ०५४ सालमा एमाले फुटेर पार्टी फुटेपछि उहाँ मालेमा जोडिनुभयो । मालेमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो । ०५८ सालमा पुन पार्टी एकीकरण भएपछि एमालेका विभिन्न तहमा रहेका काम गरेको अनुभव उहाँसँग छ । एमालेको ७ औँ अधिवेशनमा केन्द्रीय सदस्य हुनुभएको उहाँ २०५१ सालबाट एमालेनिकट अखिल नेपाल किसान महासंघमा रहेर काम  गर्नुभयो । त्यहाँ उहाँ केन्द्रीय उपाध्यक्षसम्म हुनुभयो ।  

०७४ सालमा एमाले माओवादी पाटी एकीकरण भएपछि सुवेदी केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो । राजनीतिक घटना विकसित हुँदा उहाँ हाल नेकपा (एकीकृत समाजवादी)को पालिटब्यूरो सदस्य हुनुहुन्छ । 

(आठौँ अधिवेशनअघि एमाले कास्कीमा सचिव नै पार्टी प्रमुख हुने व्यवस्था थियो । २०६६ सालमा भएको यो अधिवेशनले प्रमुख सचिव हुने प्रावधानलाई हटाएर अध्यक्षात्मक पद्धतिमा लग्यो ।)

नोट : माथि प्रस्तुत परिचय सुवेदीसँगको कुराकानीको आधारमा तयार पारिएको हो । 

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्