Khagraj Adhakari

 Khagraj Adhakari
: खगराज अधिकारी
: 2047-09-12 गते यकिन छैन ।
: 9856026835
:
:


खगराज अधिकारी : पीएन क्याम्पसको स्ववियु सभापतिदेखि गण्डकीको मुख्यमन्त्रीसम्म 


नेकपा (माले) र नेकपा माक्र्सवादीको एकीकरणपश्चातको पहिलो सचिव हुनुहुन्छ-खगराज अधिकारी 

एमाले कास्कीको तत्कालीन नेकपा (माले) र नेकपा माक्र्सवादीको एकीकरण पश्चातको पहिलो सचिव हुनुहुन्छ—खगराज अधिकारी कास्कीको बेगनासमा २०१८ चैत १३ गते जन्मनुभएको उहाँ ११ वर्ष हुँदा आनन्दज्योति माध्यमिक विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापतिको हुनुभएको थियो । 

११ वर्षको उमेरमा विद्यार्थी राजनीतिमा सक्रिए अधिकारी संघीय सरकारको गृहमन्त्री हुँदै गण्डकी प्रदेशको मुख्यमन्त्रीसम्म बन्नुभयो । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएपछि उहाँ ०७९ पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएको हो ।  संघीय सरकारमा स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसक्नुभएको छ । 

अधिकारी केपी ओली नेतृत्वको सरकारमा १३ दिन गृहमन्त्री हुनुभएको हो । त्योभन्दा अगाडि ०७१ सालमा सुशील कोइराला प्रधानमन्त्री हुँदा अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुभएको थियो । स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बिमाको सुरुवात गरेर अधिकारीले आम नागरिकको पक्षमा उल्लेखनीय काम गरेको चर्चा छ । 

प्रतिनिधिसभामा दुई पटक निर्वाचित भएर मन्त्री हुनुभएको अधिकारी ०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । ०५१ र ७४ सालमा प्रतिनिधिसभा संसदमा निर्वाचित हुनुभएको अधिकारी २०५१ सालमा कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटलाई पराजित गर्नुभएको थियो । ०५१ सालबाट संसद यात्रा सुरु गर्नुभएको उहाँले तत्कालीन समयमा संसदीय दलको सचेतक हुनुभयो भने ०४८, ५६ र ०६४ को चुनावमा पराजित हुनुभएका थियो । पहिलो संविधानसभाको निर्वाचन ०६४ सालमा पराजित भएपछि उहाँले ०७० मा टिकट नै पाउनुभएन । ०७४ मा कास्कीबाट चुनाव जिते लगत्तै उहाँ एमालेको प्रमुख सचेतक बन्नुभयो । वाम गठबन्धन हुँदा अधिकारी हटेर माओवादीका देव गुरुङ प्रमुख सचेतक बने । 

नेकपा हुँदा उहाँ केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह इन्चार्जको जिम्मेवारी पाउनुभयो । बाम गठबन्धन टुटेपछि उहाँ संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहनुभयो । । एमाले अध्यक्ष ओलीसँग पञ्चायतका बेला सँगै जेल बसेका अधिकारी २०२९ सालदेखि राजनीतिमा हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट २०३७ सालमा केन्द्रीय स्ववियु सदस्य हुनुभएको उहाँ २०४०/४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति बन्नुभयो । अधिकारी अनेरास्ववियुको केन्द्रीय कमिटीको उपाध्यक्ष, एमाले कास्कीको सचिव हुँदै जिल्ला कमिटीको अध्यक्ष बन्नुभयो  ।

नेकपा (माले) र नेकपा माक्र्सवादीको एकीकरण पश्चातको पहिलो सचिव अधिकारी हुनुहुन्छ । ०७४ पुसमा जिल्ला कमिटी हेरफेर हुँदा अधिकरीलाई सचिवको जिम्मेवारी दिइयो । त्यसको ठिक एक वर्षपछि ०४८ माघ ५ गते एमाले कास्की जिल्लाको दोस्रो अधिवेशनबाट अधिकारी पार्टी सचिवमा निर्वाचित हुनुभयो । यस्तै उहाँ एमाले कास्कीको तेस्रो अधिवेशनबाट पनि पुन: पार्टी सचिवमा निर्वाचित हुनुभयो । अधिकारी केन्द्रीय अनुशासन विभाग, वैकल्पिक पोलिटब्युरो सदस्य हुँदै गण्डकी संयोजक भएर काम गरिसक्नुभएको छ । 

(आठौँ अधिवेशनअघि एमाले कास्कीमा सचिव नै पार्टी प्रमुख हुने व्यवस्था थियो । २०६६ सालमा भएको यो अधिवेशनले प्रमुख सचिव हुने प्रावधानलाई हटाएर अध्यक्षात्मक पद्धतिमा लग्यो ।)

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्