Somnath Adhakari

 Somnath Adhakari
: साेमनाथ अधिकारी ‘प्यासी
: 2052-09-28
: 9851135745
:
:


सोमनाथ प्यासीः स्ववियु सभापतिदेखि प्रदेश प्रमुखसम्म


नेकपा एमालेको चौंथो र पाँचाैँ जिल्ला अधिवेशनबाट पार्टी सचिवमा निर्वाचित  
 
नेकपा एमालेका अग्रज र पाका नेता हुनुहुन्छ–सोमनाथ अधिकारी ‘प्यासी’ । पोखरा १६ बाटुलेचौरमा जन्मे हुर्किनुभएको उहाँ एमाले कास्कीको अग्रज हुनुहुन्छ । बामपन्थी राजनीतिका अग्रणी उहाँ राजनीतिका उतार चढावका कथा लामो छ । संघीयता आइसकेपछि ०७६ कात्तिकमा तत्कालीन प्रदेश १ को प्रमुख जस्तो गरिमामय ठाउँमा पुग्नुभयो । २०२४ सालदेखि कम्युनिस्ट पार्टीमा लाग्नुभएका उहाँ विभिन्न कालखण्डमा पटक पटक जेल जीवन बिताउनुभएको छ । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका प्यासी २ पटक पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति बन्नुभयो । २००७ साल पुस २२ गते जन्मनुभएका उहाँले पृथ्वीनारायण क्याम्पस पोखरामा अंग्रेजी विषयमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । 

२०२४ सालमा प्रगतिशील विचार अध्ययन समूहको सदस्य हुँदादेखि नै उहाँकोे राजनीतिक यात्रा सुरू भएको हो । तत्कालीन माक्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल ९गण्डकी धौलागिरी० को २०२५ जेठ ३० मा संस्थापक सदस्य हुनुभएको उहाँ २०२७ सालमा पहिलो पटक पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुनुभयो । स्ववियु सभापति हुँदै उहाँ २०५२ सालमा एमाले चौथों जिल्ला अधिवेशनबाट कास्कीको सचिवमा निर्वाचित हुनुभयो । २०५४ मा पार्टी विभाजित भएपछि प्यासी पुनर्गठित जिल्ला कमिटी एमालेको सचिव हुनुभएको थियो । उहाँ २०४८ मा कास्की जिल्ला क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै नेकपा एमाले संसदीय दलको सचिव चुनिनुभएको थियो । एमाले कास्कीको ०५६ मा भएको पाँचौं जिल्ला अधिवेशनले पनि अधिकारी पुन सचिवमा निर्वाचित हुनुभयो ।

२०२९ सालमा तत्कालीन नेकपा माक्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दलको कास्की जिल्ला सचिव हुनुभएको उहाँ पार्टीको जिम्मेवारीमा रहेपछि ०३१ सालमा पार्टी संगठन विस्तारका लागि म्याग्दी जिल्लाको दरबाङ र दोभामा शिक्षण पेशामा आबद्ध हुनुभयो । उहाँले क्रान्तिको अगुवाइ र पञ्चायती व्यवस्थाको विरोधका आन्दोलनहरूमा उहाँले दर्जनौं पटक जेलजीवन बिताएको सुनाउनुहुन्छ । २०३२ देखि २०३४ सालसम्म मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, पाल्पा, पोखरा र नख्खु जेलमा गरी करिब ३ वर्ष जेलजीवन बिताएको उहाँ बताउनुहुन्छ ।  त्यसैगरी, २०६७ सालमा अञ्चल कमिटीको सचिव समेत हुनुभयो । 

विद्यार्थी राजनीतिमा अध्यक्ष हुँदै २०३७ सालमा अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय उपाध्यक्षमा हुनुभएको उहाँ २०३९ सम्म तत्कालीन नेकपा ९माले० इलाका कमिटी कास्कीको सचिव हुनुभयो । २०४३ सालमा पार्टीले पञ्चायती चुनाव उपयोगको नीति लिएपछि उहाँले नेकपा ९माले० का तर्फबाट जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यमा कास्कीबाट अत्यधिक मतले निर्वाचित भए । मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्सवादी र मदन भण्डारी नेतृत्वको नेकपा ९माले० एकीकरण भएपछि २०४८ सालमा अञ्चल कमिटी सदस्य भएर काम गर्नुभयो । त्यसलगत्तै २०४८ सालमा उहाँ एमाले कास्की उपसचिवको जिम्मेवारी समाल्नुभयो । 

 

२०५४ मा प्यासी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षमा मनोनयन हुनुभएको उहाँ २०६८ सालमा एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को प्रथम बैठकबाट केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष बन्नुभयो । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी आमन्त्रित सदस्य हुनुभएको थियो । 

राजनीतिक निरन्तरतासँगै प्यासीले सामाजिक संस्थाहरूसमेत आफ्नो उपस्थिति जनाएका छन् । उनी पोखरा विश्वविद्यालयको सभासद, पृथ्वीनारायण क्याम्पसको सञ्चालक समिति, विन्ध्यवासिनी माविको व्यवस्थापन समिति अध्यक्ष, सोही क्याम्पसको अध्यक्ष गरी उनले दुई कार्यकाल भूमिका निभाइसकेका छन् ।
(आठौँ अधिवेशनअघि एमाले कास्कीमा सचिव नै पार्टी प्रमुख हुने व्यवस्था थियो । २०६६ सालमा भएको यो अधिवेशनले प्रमुख सचिव हुने प्रावधानलाई हटाएर अध्यक्षात्मक पद्धतिमा लग्यो ।)

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्