Rabindra Adhakari

 Rabindra Adhakari
: रवीन्द्र अधिकारी
: 2060-09-15
:
:
:


तेस्रोपटक संसदमा ह्याट्रिक गर्दै पर्यटनमन्त्री बनेका रवीन्द्र  


माले कास्कीकाले २०६०मा भएको छँटौं जिल्ला अधिवेशनमा रवीन्द्र अधिकारी पार्टी सचिवमा निर्वाचित हुनुभयो भने ०६३ मा भएको सातौं जिल्ला अधिवेशनले पनि अधिकारी पुन सचिवमा निर्वाचित हुनुभयो । 

०२६ वैशाख २२ गते कास्कीको भरत पोखरी गाविस जमुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ छोरा हुनुहुन्छ–रवीन्द्र अधिकारी । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस, र क्लबहरूमा सम्लग्नहुँदै संघीय पर्यटन मन्त्री हुनुभयो ।  

विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन र गाडीमा विद्यार्थीका लागि सहुलियतलगायतका मध्यमबाट राजनीतिक जागरण सृजना फैलाउँदै राजनीति गर्नुभएको उहाँ २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष हुनुभयो ।

२०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य बन्नुभयो । २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति बन्नुभएको थियो । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्नुभयो । ०५३ सालमा स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचितसमेत हुनुभयो । पञ्चायतकलामा विद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील उहाँ प्रजातन्त्रका लागी संघर्ष गर्दा पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बताउनुभयो । 

२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएको थियो । २०४० मा इलाका पार्टी कमिटीमा, २०४६/४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय हुनुभयो । एमाले कास्कीको २०६० मा भएको छँटौं जिल्ला अधिवेशनले अधिकारी सचिवमा निर्वाचित हुनुभयो र ०६३ भएको सातौं जिल्ला अधिवेशनले पुन सचिवमा निर्वाचित हुनुभयो । 

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभयो । ०७० मा संसदको विकास समितिमा सभापति हुनुभएको उहाँले त्यसबेला नेपालमा विकासको बहसलाई नयाँ उचाइ दिन सफल व्यक्तिका रुपमा चिनिनुहुन्थ्यो । विकास समितिको सभापति हुँदा अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहनुभएको थियो । 

२०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको उहाँ तेस्रो पटक संसदमा ह्याट्रिक गर्दै निर्वाचित हुनुभयो ।  संसद यात्रासँगै उहाँ नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बन्नुभएको थियो । पर्यटनमन्त्री हुँदै गर्दा ०७५ साल १५ फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा अधिकारी दिवंगत हुनुभयो । 

(आठौँ अधिवेशनअघि एमाले कास्कीमा सचिव नै पार्टी प्रमुख हुने व्यवस्था थियो । २०६६ सालमा भएको यो अधिवेशनले प्रमुख सचिव हुने प्रावधानलाई हटाएर अध्यक्षात्मक पद्धतिमा लग्यो ।)

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्