Man Bahadur Gc

 Man Bahadur Gc
: मानबहादुर जिसी
: 2058-06-16
: 9856030612
:
:


संघीय पोखराको पहिलो मेयर जिसी 


एमाले कास्कीको २०६६ मा भएको आठाैँ जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष र ०५८ सालमा असोज १६ गते र एमाले र माले एकीकरण पछि बनेको तदर्थ जिल्ला कमिटी प्रमुख (सचिव) रहेर कास्की जिल्ला हाँकेका जिसी 


देशमा संघीयता आएपछि पहिलो पटक ०७४ मा भएको आम निर्वाचनबाट क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरको पहिलो मेयर बन्न सफल हुनुभयो—मानबहादुर जिसी । तत्कालीन गठबन्धलाई पराजित गर्दै मेयरमा उहाँ निर्वाचित हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गर्दै पोखराको नेतृत्वमा आउनुभएको थियो । एमाले राजनीतिमा लामो समय काम गर्दै आउनुभएको उहाँ पार्टी भित्रकै मिनी चुनावमा पनि छनोट हुनुभयो । पार्टीभित्रको आन्तरिक चुनावमा जस्तै उहाँले तत्कालीन पोखरा लेखनाथ महानगर हाल पोखरा महनगरको चुनावमा पनि शानदार जित निकाल्नुभयो ।

को हुनुहुन्छ— मानबहादुर जिसी ? 


जिसीको जन्म २०१७ साल भदौ १७ गते भएको हो । स्थायी घर साविक कालिका गाविस तथा हालको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ हो । उहाँका चार दाजुभाई मध्ये जिसी जेठो छोरा हुनुहुन्छ । शिक्षा शास्त्रमा स्नातक गर्नुभएको उहाँले राजनीतिक यात्रा भने तत्कालीन माले निकट अखिलबाट सुरु भएको थियो । २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिसी साविक कालिका गाविसको अध्यक्ष चुनिनुभएको थियो गाविस अध्यक्ष निर्वाचित भएको २५ वर्षपछि उहाँ देशको ठूलो महानगरको मेयरमा हुनुभएको थियो । २०७० सालमा जिल्ला सुकुम्बासी आयोग कास्कीको ३ महिने अध्यक्ष हुनुभयो भने दोस्रो संविधानसभा निर्वाचनमा कास्की १ बाट कांग्रेसका यज्ञबहादुर थापासँग पराजित हुनुभएको थियो ।

उहाँ २०३७ सालमा अखिलको पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष बन्नुभएको थियो । २०३९ मा जिल्ला कमिटी उपाध्यक्ष हुँदै २०४१ मा पार्टीको संगठित सदस्यता उहाँ तत्कालिन कालिका गाउँ कमिटीका सचिव, ईलाका कमिटी सचिव हुँदै २०५० मा जिल्ला कमिटी सदस्य भएका थिए । सोही समयमा उहाँ क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष बन्नुभयो । 

२०५८ मा जिल्ला कमिटी सचिव (प्रमुख) हुनुभएको उहाँले २०६६ सालबाट पार्टी अध्यक्षत्मक प्रणालीमा गएपछि जिल्ला अध्यक्ष बन्नुभयो । २०५८ सालदेखि २०६० सालसम्म २ वर्षसम्म जिल्ला कमिटी कास्कीको सचिव (पार्टी प्रमुख)को जिम्मेवारीमा उहाँ हुनुहुन्थ्यो । माले र एमाले मिलेपछि बनेको कमिटीको नेतृत्व जिसीले सञ्चालन गरेको गर्नुभएको हो ।  

यस्तै उहाँ पार्टीमा कास्की ईञ्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्यसम्म हुनुभयो । २०४९ सालमा नेकपा एमाले जिल्ला संगठन कमिटीको सदस्य, २०५० सालमा नेकपा एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला कमिटी सदस्य,  २०५३ सालमा चांैथो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला सदस्य साथै निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर १ कास्कीको सचिव हुनुभयो । तर, पोखरा महानगरपालिकाको मेयर हुँदै गर्दा उहाँलाई ०७८ साउन १ गते मष्तिष्कघात भयो । लामो समय काठमाडौंमै उपचाररतपछि उहाँ अहिले घरमै आराम गरिरहनुभएको छ । 

(आठौँ अधिवेशनअघि एमाले कास्कीमा सचिव नै पार्टी प्रमुख हुने व्यवस्था थियो । २०६६ सालमा भएको यो अधिवेशनले प्रमुख सचिव हुने प्रावधानलाई हटाएर अध्यक्षात्मक पद्धतिमा लग्यो ।)


पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्