Krishna Thapa

 Krishna Thapa
: कृष्ण थापा
: 2070-12-19
: 9856021202
:
:


२०५४ सालमा पोखरा हाँकेका कृष्ण थापा 


एमाले कास्कीको नवौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुहुन्छ कृष्ण थापा । 

एमाले कास्कीको नवौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभयो—कृष्ण थापा । ०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर हुनुभएको उहाँ २०१६ चैत १६ गते कास्कीको बाटुलेचौरमा जन्मनुभएको हो । शिक्षामा स्नातक गर्नुभएको थापा स्वास्थ्यका पनि विद्यार्थी हुनुहुन्छ । उहाँले चिकित्सा शास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सी.एम.ए (कम्युनिटी मेडिकल असिस्टेन्ट) पढाइ पूरा गर्नुभएको छ ।

२०४१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको उहाँले आफ्नो पूरै जीवन राजनीतिमै बिताइरहनुभएको छ । २०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट उहाँ राजनीतितर्फ तानिनुभएको थियो  । २०३७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य भएपछि उहाँ राजनीतिक यात्रा सुरु भएको हो । २०३९ देखि एक वर्ष चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सहसचिव समेत हुनुभयो । 

२०४० सालमा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका थापा २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा सदस्य निर्वाचित हुनुभयो । २९ भदौ २०४१ मा तत्कालीन नेकपा (माले)बाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका उहाँ ०४१ सालमा अनेरास्ववियु कास्कीको छैठौँ जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष हुनुभयो । उहाँले नेकपा एमाले कास्कीलाई २०७० देखि २०७८ सम्मै लिड गर्नुभएको हो । 

२०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा उहाँले समाल्दै गर्दा सोही वर्ष मंसिरदेखि २०४६ पुससम्म जेल जीवन बताउनुभयो  । तत्कालीन पञ्चायत राजकाज मुद्दामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताउनुभएको उहाँ बताउनुहुन्छ । 

२०४६ सालको जनआन्दोलनमा वाम मोर्चा गण्डकीको सदस्य, २०४६ सालदेखि दुई वर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बन्नुभयो । २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बन्नुभएका उहाँ ०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित हुनुभयो । त्यसको दुई वर्षपछि भएको चुनावमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर हुनुभएको थियो । 

२०६६ सालमा नेकपा एमाले कास्कीको सचिव हुनुभएको उहाँ २०७० सालमा नवौँ कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको हो । थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०७१ मा राष्ट्रिय ताल समिति सदस्य समेत हुनुभयो । २०५५–०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य भएर काम गर्नुभएको थियो । २०७४ सालको प्रदेशसभा निर्वाचनमा थापा कास्की २ (क)बाट निर्वाचित समेत हुनुभयो । 

(आठौँ अधिवेशनअघि एमाले कास्कीमा सचिव नै पार्टी प्रमुख हुने व्यवस्था थियो । २०६६ सालमा भएको यो अधिवेशनले प्रमुख सचिव हुने प्रावधानलाई हटाएर अध्यक्षात्मक पद्धतिमा लग्यो ।)

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्