Man Bahadur Gurung

 Man Bahadur Gurung
: मनबहादुर गुरुङ
: 2078-09-28
: 9856021424
:
:



जिल्ला हाँक्दै दोस्रोपटक सांसद बनेका मनबहादुर गुरुङ


एमाले कास्कीको दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुहुन्छ-मनबहादुर गुरुङ । 

एमाले कास्कीको दशौं जिल्ला अध्यक्षमा हुनुहुन्छ—मनबहादुर गुरुङ । ०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य हुनुभएको उहाँ हाल प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । ०७४ मा गण्डकी प्रदेश सभा सदस्य हुनुभएको उहाँ ०७९ मा भएको प्रतिनिधि सभामा दोस्रो पटक संसद छिर्नुभएको हो । गुरुङ गाउँ सिक्लेसको एउटा टोल गैरी थरका मनबहादुर मुखिया परिवारका हुर्किनुभएको उहाँ २०२३ साल १ वैशाखमा जन्मिनुभएको हो । 

मदन भण्डारीको भाषणबाट प्रभावित हुँदै तत्कालीन माले हुँदै एमालेमा सक्रिय गुरुङ २०४७ बाट राजनीतिमा सक्रिय हुनुहुन्छ । मदन भण्डारीको भाषण सुनेर प्रभावित भएका मनबहादुर त्यसपछि गाउँमा पार्टीका काममा सक्रिय हुनुभयो । त्यति बेला राजनीति गर्नेहरू कम हुन्थे । २०५४ सालमा चुनाव हुँदै थियो । मनबहादुरले गाविस अध्यक्षको टिकट पाउनुभयो । २०५४ सालमा कास्कीको तत्कालीन पार्चे गाविसको अध्यक्ष विजयी हुनुभएको थियो । 

गाउँको गन्नेमान्ने मान्छे भएकाले नै उहाँलाई गुरुङ भाषमा ‘चिबा’ भनेर चिन्थे । मुखियाको सन्तान, गाविस अध्यक्ष र माननीय पनि भएकाले मनबहादुरलाई सिक्लेसीहरू चिबा भनेरै बोलाउँछन् । २०७४ सालको चुनावमा प्रदेश सांसद हुनुभएको उहाँ ०७९ मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य चुनिनुभएको हो । उहाँ २०७८ २८ गते भएको दशौं अधिवेशनबाट मनबहादुर पार्टीको कास्की जिल्ला अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँ इलाका कमिटी, गाउँ कमिटी, जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएको हो । २०५९ सम्म पाँच वर्ष पार्चे गाविसको अध्यक्ष हुनुभएको उहाँ त्यसपछि अन्नपूर्ण संरक्षण क्षेत्रको सिक्लेस क्षेत्रको प्रमुख बन्नुभयो । 

२०६४ र २०७० को चुनावमा पार्टीका उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गर्नुभएको उहाँले ०७४ सालमा गण्डकी प्रदेशसभा सदस्यको टिकट पाउनुभयो । त्यसबेला उहाँ कास्की १ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभयो । मनबहादुरलाई प्रदेश होस् वा संघको चुनाव एउटा कुरा समान भएको छ । उहाँको दुवै चुनावमा प्रतिस्पर्धी कांग्रेस जिल्ला सभापति परेका गरेर जित हात पार्नुभएको हो । २०७४ सालमा उहाँले नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति कृष्णबहादुर केसी र २०७९ मा किशोरदत्त बराललाई पराजित गर्नुभएको हो । 

गत ४ मंसिरको कास्की १ को प्रतिनिधिसभाको चुनाव अझ रोचक थियो । किनकि यो निर्वाचन क्षेत्रमा दुई ठूला पार्टी एमाले र कांग्रेसका जिल्ला नेतृत्व चुनावी मैदानमा थिए । एमाले जिल्ला अध्यक्षसमेत रहनुभएका मनबहादुरले कांग्रेस कास्की जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गर्नुभएको हो । 
(आठौँ अधिवेशनअघि एमाले कास्कीमा सचिव नै पार्टी प्रमुख हुने व्यवस्था थियो । २०६६ सालमा भएको यो अधिवेशनले प्रमुख सचिव हुने प्रावधानलाई हटाएर अध्यक्षात्मक पद्धतिमा लग्यो ।)

पार्टी कार्यालय

सम्पर्क गर्नुहोस

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस्